काठमाडौं , नेकपा (एमाले)ले वैशाख ९ गते मनाइने पार्टी स्थापना दिवस र बैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारीलाई तीब्र बनाएको छ ।
जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।
तयारी क्रममा आइतबार (वैशाख ७ गते) नेकपा (एमाले)बाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरियो । वडास्तरसम्मका करिव पाँचसय जनप्रतिनिधिको उपस्थिति रहेको भेलालाई पार्टीका महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
महासचिव पोखरेलले सम्बोधन क्रममा वैशाख ११  र पार्टीले आयोजना गर्न लागेको युवा उत्सव, समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा जानकारी गराउँदै कार्यक्रममा युवाको सहभागिता र जनप्रतिनिधिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिनुभएको थियो ।
भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख  भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।
सोही विषयमा केन्द्रित रहेर जनसङ्गठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसङ्गठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको पार्टीका केन्द्रीय सदस्य तथा सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल र जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सम्बोधन गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय