वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको आइतबार राति ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पत्रकार भैरव रिसालको मुटु र फोक्सोसम्बन्धी रोगको उपचार भइरहेको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो । पत्रकार रिसालले मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने पहिले नै घोषणा गरेका थिए ।




