काठमाडौं: नेपाली क्रिकेट समर्थकका लागि खुसीको खबर आएको छ। नेपालले ओमानलाई १० रनले पराजित गर्दै आईसीसी क्रिकेट विश्वकप लिग–२ को यात्रा सुखद रूपमा टुंग्याएको छ। रोमाञ्चक जितसँगै नेपालले लिग–२ को शीर्ष ६ मा स्थान बनाएको छ।
ओमानविरुद्धको यो जित नेपालका लागि अंकतालिकामा महत्वपूर्ण उपलब्धि बनेको छ। शीर्ष ६ मा रहँदै लिग–२ को यात्रा समाप्त गरेपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना थप बलियो बनेको छ।

नेपाली टोलीको यो प्रदर्शनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।



