काठमाडौं । प्रयाग मिडिया प्रा. लि. को प्रस्तुति तथा लाइफ ओके टेलिभिजनसँगको सहकार्यमा आयोजना गरिएका ६ वटा प्रतिभामूलक कार्यक्रमको भव्य ग्राण्ड फिनाले सम्पन्न भएको छ।

डान्स लिटिल च्याम्प्स सिजन ४, डान्स लिटिल ट्यालेन्ट सिजन ६, लिटिल डान्सर सिजन २, बेस्ट डान्सर सिजन ४, जस्ट डान्स स्टार सिजन ६ र सिङ्गिङ आइडल सिजन ३ को ग्राण्ड फिनाले मंगलबार नेपाल पुलिस क्लव भृकुटीमण्डमा भव्य समारोहबीच सम्पन्न भएको हो।

बालबालिका तथा युवामा लुकेर रहेको नृत्य, गायन तथा सिर्जनात्मक प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएका यी कार्यक्रममार्फत सहभागी प्रतिभाहरूले विभिन्न चरण पार गर्दै आफ्नो कला प्रस्तुत गरेका थिए।

कार्यक्रमको समुद्घाटन प्रयाग मिडिया नेटवर्कका अध्यक्ष प्रतीक्षा पाण्डे, वरिष्ठ गायक राजु सिंह तथा लाइफ ओके टेलिभिजनका प्रबन्ध निर्देशकले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

कार्यक्रममा कला तथा मनोरञ्जन क्षेत्रका कलाकार, गायक–गायिका, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकालगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कलाकार सुनील कटुवाल, गायक सपना श्रेष्ठ, विनोद ढकाल लगायत थुप्रै गायक तथा कलाकारको कार्यक्रममा उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रमका विभिन्न विधामा चुडामणि फुयाँल, खुसी श्रेष्ठ, सञ्जीव सिंह कार्की, बिमला थिङ, बिराज फुयाँल, आक्ष्यता प्रधान, सरिता खड्का, नविन गौतम, निरु फुयाँल, सती आचार्य र नारायणबाबु कोइराला लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा ‘ग्लोबल एप्रिसिएसन अनर सम्मान कार्यक्रमसमेत प्रदान गरिएको थियो। कार्यक्रममा नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा वरिष्ठ पार्श्वगायक आनन्द कार्की, नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नायक श्रीदेव भट्टराई र नायिका पूजना प्रधान गुरुङ रहेका थिए।
उनीहरूलाई ज्येष्ठ नागरिक भगवती पराजुलीको हातबाट फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कला तथा मनोरञ्जन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा पुगेका प्रतिभामध्ये डान्स लिटिल च्याम्प्स सिजन ४ मा निर्जरा राई प्रथम, अन्या घलान तामाङ द्वितीय, स्तुति श्रेष्ठ तृतीय, रजनी तामाङ चौथो, अक्शोभ्या श्रेष्ठ पाँचौँ र अक्सिता बस्नेत छैटौँ हुनुभयो।
त्यसैगरी जस्ट डान्स स्टार सिजन ६ मा माईरा राना मगर प्रथम, रिया सापकोटा द्वितीय, बिमला स्याङ्तान तृतीय, बिनिशा महर्जन चौथो, आयुष पौडेल पाँचौँ र आयश्री आचार्य छैटौँ हुनुभयो।
लिटिल डान्सर सिजन २ मा रिभा बुढाथोकी प्रथम, शृष्टिना तामाङ द्वितीय, लियाना श्रेष्ठ तृतीय, सिल्भिया श्रेष्ठ चौथो, अहाना खनाल पाँचौँ र विद्या लक्ष्मी जोशी छैटौँ भइन्।


डान्स लिटिल ट्यालेन्ट सिजन ६ मा खुसी बलाल प्रथम, रोयाली ओली द्वितीय, सफलता परियार तृतीय, कृष्मा श्रेष्ठ चौथो, उपसना लामा पाँचौँ र हिमान्शी भण्डारी छैटौँ भइन।
त्यसैगरी बेस्ट डान्सर सिजन ४ मा एन्जिला तामाङ प्रथम, आरुशी श्रेष्ठ द्वितीय, अदिति भट्टराई तृतीय, सुरभी श्रेष्ठ चौथो, बिन्सी महर्जन पाँचौँ र मौसमी तामाङ छैटौँ भइन।
सिङ्गिङ आइडल सिजन ३ मा सपना कार्की प्रथम, कुसुम नेपाली द्वितीय, नुवाङ छुकि शेर्पा तृतीय, स्मृति तामाङ चौथो, रेहाना घिमिरे पाँचौँ र इशान्त बीक छैटौँ हुनुभयो।
यसरी ६ वटा कार्यक्रमबाट ३६ जना प्रतिभा विभिन्न स्थानमा रहँदै सम्मानित भएका छन्।
आयोजकका अनुसार कार्यक्रमले नयाँ पुस्ताका प्रतिभालाई आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै कला तथा मनोरञ्जन क्षेत्रमा प्रतिभाको खोजी र प्रोत्साहन गर्ने उद्देश्यलाई अघि बढाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतियोगी, अभिभावक, निर्णायक, गुरु तथा प्रशिक्षक, कलाकार, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका, प्राविधिक तथा आयोजक टोली, प्रायोजक, मिडिया साझेदार र सम्पूर्ण शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन हास्यकलाकार गोपाल ढकाल ‘छन्देले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय