धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा सुमो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को. १ ज. २४९४ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

दुर्घटनामा छथरजोरपाटी–३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको हो। घाइतेमध्ये धनकुटा नगरपालिका–३ का २१ वर्षीय आशिष लिम्बुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकसहित १० जनालाई जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुर्घटनाग्रस्त सुमो सडकमा निकाल्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय