काठमाडौँ: भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटघाटमा सहभागी हुँदै हुनुहुन्छ।

तीनदिने भ्रमणका क्रममा बिहीबार भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरिसक्नुभएका वाग्लेले आज बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ।

यस्तै, आज साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी भारत मण्डपममा भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने कार्यक्रममा सहभागी भई नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नुहुनेछ।

अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले शनिबार निजी क्षेत्र तथा अन्य उच्चस्तरीय भेटघाट सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय