काठमाडौँ । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

शुक्रबार आयोगमा दर्ता गरिएको दलमा ७९ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । पार्टीको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रङमा त्रिभुज अंकित गरिने जनाइएको छ ।

राणाले राप्रपाबाट अलग भएर नयाँ राजनीतिक दल गठन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय