काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ ।

समाचारसँग सम्बन्धित विषयलाई लिएर श्रेष्ठ पक्राउ परेको भन्दै महासंघले विरोध जनाएको हो । श्रेष्ठलाई बुधबार राति ९ बजे काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत रहेका श्रेष्ठको पक्राउप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय