काठमाडौँ — नेपाली कांग्रेसका अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी रकमको ठगी मुद्दा दायर गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगीसम्बन्धी मुद्दा दायर गरेको हो।

उनीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको अभियोगपत्रमा उल्लेख छ।

मुद्दा अदालतमा दर्ता भएसँगै अब कानुनी प्रक्रियाअनुसार सुनुवाइ अघि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय