असार ८, २०८३ । काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले १९८ जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । उहाँहरुले उर्वर समयमा समाजका लागि दिनुभएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको हो । कार्यक्रमको अध्यक्षता वरिष्ठ ज्येष्ठ नागरिकमध्येबाट त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनालाई गराइएको थियो ।

‘समाजमा ज्येष्ठ नागरिकहरु एक्लो हुन थाल्नुभएको छ । परिवारका सदस्यहरुलाई ज्येष्ठ नागरिकसँग कुरा गर्ने, मनका कुरा सुन्ने फुर्सद छैन । यस बेला उहाँहरुलाई तपाईँहरु एक्लो हुनुहुन्न । तपाईँका बारेका सोच्ने कोही छन् भनेर अनुभूति दिनुछ । यसका लागि सम्मान कार्यक्रम गरिएको हो ।’ सम्मान अवसरमा वडाध्यक्ष दलबहादुर कार्कीले भन्नुभयो, ‘ज्येष्ठ नागरिक समाजका धरातल हुन् । उनीहरुको योगदानको अर्थ बुझ्न सकिएन निर्जीव रुपान्तरण हुन्छ । यसलाई सजीव बनाउन हामीले प्रयास थालेका हौँ ।’

वडाको कार्यक्रमले ज्येष्ठ नागरिकलाई घर बाहिर आउन, आफूजस्तै अरु पनि रहेछन् भन्न बल पुगेको छ । कार्यक्रमका अध्यक्ष प्रा. डा. तिमिल्सिनाले भन्नुभयो, ‘वास्तविक विकास त यही हो । जहाँ नागरिकले सरकार सुन्न, छाम्न र महसुस गर्न सक्छन् ।’

वडा सचिव देवराज जोशीका अनुसार १०६ जना महिला र ९२ जना पुरुष गरी १९८ जनालाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेमध्ये सबैभन्दा पाको उमेरको ९४ बर्षिया लक्ष्मी कपाली हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय