काठमाडौं: नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले चिया उद्योग र किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया किसान र उद्योगीहरू संकटमा रहेको उल्लेख गरे। सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिएको देखिए पनि चिया किसानको समस्या समाधानतर्फ ध्यान नदिएको उनको टिप्पणी थियो।

राईले भारतीय चिया बोर्डको नयाँ मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको र यसले किसान, उद्योगी तथा श्रमिकहरू समस्यामा परेको बताए।



