काठमाडौं: प्रतिनिधिसभामा आफ्नो आचरणमाथि प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्।

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिमा रुलिङ नगरेको भन्दै प्रश्न उठाएका थिए।

त्यसपछि रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको नियम २१ अनुसार सभामुखको आलोचना गर्न नमिल्ने व्यवस्था रहेको स्मरण गराएका थिए।

लगत्तै सभामुख अर्यालले आफूले उक्त विषयमा ध्यानाकर्षण गरेको बताउँदै सांसद यादवलाई नियमावलीको पालना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय