काठमाडौं । Kathmandu Medical College (KMC) ले दुवाकोटमा सञ्चालनमा ल्याएको अत्याधुनिक अस्पताल भवन तथा स्वास्थ्य सेवाहरूको माननीय युवराज दुलालले स्थलगत अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा उहाँले अस्पतालकी निर्देशक प्रा. डा. सीता घिमिरे तथा व्यवस्थापक सुधा कट्टेलसँग अस्पतालको भौतिक पूर्वाधार, आधुनिक स्वास्थ्य उपकरण, सेवा प्रवाह तथा बिरामीलाई प्रदान गरिँदै आएका स्वास्थ्य सेवाबारे विस्तृत जानकारी लिनुभएको थियो।

निरीक्षणपछि माननीय दुलालले जनतालाई सुलभ, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित निर्माण गरिएको उक्त अस्पतालले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आधुनिक प्रविधियुक्त स्वास्थ्य सेवा विस्तारले स्थानीयवासीसहित देशभरका नागरिकलाई लाभ पुग्ने बताउनुभयो।
सो अवसरमा उहाँले अस्पताल नेतृत्व तथा प्रशासनिक टोलीलाई प्रभावकारी र उत्कृष्ट सेवा प्रवाहका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अझ सुदृढ बनाउन आग्रह गर्नुभएको थियो।
दुवाकोटस्थित KMC को नवसञ्चालित अस्पताल भवनमा अत्याधुनिक उपकरणसहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू सञ्चालनमा रहेका छन्।



