काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक सुरु भएको छ।

संसद्मा लामो समयदेखि जारी गतिरोध अन्त्य गर्न र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन बोलाइएको उक्त बैठकमा सभापति लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे समेत नेताहरूलाई जानकारी गराउनुभएको छ।

दलहरूबीच संवादहीनता बढिरहेका बेला रास्वपाले वार्ताको नेतृत्व गरेकोमा सहभागी विभिन्न दलका शीर्ष नेताहरूले यस कदमको स्वागत गरेका छन् भने मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदीय गतिरोध फुकाउने विषयमा अहिले सघन छलफल चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय