काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो ५ दिने भ्रमण सम्पन्न गरी आज भारतबाट स्वदेश फर्किँदै गर्दा परराष्ट्रमन्त्री शिशिर खनाल भने आजैदेखि छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको र आगामी जेठ २४ गतेसम्म चल्ने यस भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्दै दुई देशबीचको व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गर्नुहुनेछ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस यात्राले नेपाल–भारत बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ भने मन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढेको र क्षेत्रीय मञ्चहरूमा नेपालको आवाज प्रभावकारी रूपमा उठाइरहेको समेत उल्लेख गर्नुभएको छ।




