काठमाडौं: विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, खोजतलास र तत्काल उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप ‘मोफा मित्र (MoFA Mitra)’ सार्वजनिक गरेको छ।

कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको यो एप परराष्ट्र मन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा जेठ १२ गते सार्वजनिक गरिएको हो।

यस एपको सञ्चालनसँगै अब विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपालीहरूले सिधै विभाग वा विदेशस्थित नेपाली दूतावासहरूमा आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्, जसले गर्दा कन्सुलर सेवा थप छिटो, पारदर्शी र बिचौलियामुक्त हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय