काठमाडौँ: राष्ट्रिय सहकारी बैंक लगायत विभिन्न सहकारी संघ–संस्थाहरूको सञ्चालक समिति निर्वाचनमा राजनीतिक दलहरूले दलीय आस्थाका आधारमा प्यानल नै खडा गरेर प्रतिस्पर्धा गरिरहेकोप्रति सहकारी विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले एक विज्ञप्ति जारी गर्दै सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्त विपरीतका यस्ता गतिविधिले सहकारी ऐन, २०७४ को प्रस्तावना र कानूनी व्यवस्थालाई प्रतिकूल असर पुर्‍याउने ठहर गरेको छ।

निर्वाचनमा हुने दलीय ध्रुवीकरणले सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने र सिंगो सहकारी क्षेत्रको सुशासनमा समेत नकारात्मक असर पार्ने भन्दै विभागले यस्ता कार्यलाई तत्काल निरुत्साहित गर्न जोड दिएको छ।

साथै, सहकारीको वास्तविक मर्म अनुरूप स्वच्छ वातावरणमा संस्थाहरू सञ्चालन हुने वातावरण निर्माण गरी सुशासन कायम राख्न विभागले सम्बन्धित सबै राजनीतिक दल, सरोकारवाला र सदस्यहरूलाई हार्दिक अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय