काठमाडौँ:  बाँकेकी निर्मला कुर्मीको अपहरण तथा हत्या घटनाको निष्पक्ष अनुसन्धान माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारकर्मी रूबी खान र सरकारबीच मंगलबार ५ बुँदे सहमति भएको छ।

नेपालगन्ज अस्पतालमा अनशनरत खानलाई प्रधानमन्त्री वालेन्द्र शाहकी विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर सम्मिलित सरकारी टोलीले पानी खुवाएर अनशन तोडाएका हुन्।

   

सहमति अनुसार निर्मला कुर्मीको मुद्दालाई यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ भने आन्दोलन दबाउन र अनुसन्धानमा लापरबाही गर्न भूमिका खेलेका बाँके प्रहरी प्रमुख (SP) सहितका कर्मचारीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरी कारबाही गर्नेछ।

साथै, आन्दोलनका क्रममा खानविरुद्ध लगाइएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा तत्काल टुङ्ग्याउने र अधिकारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतासहित मानव अधिकारवादीहरूको रोहवरमा यो सहमति भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय