काठमाडौँ; सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीको जिम्मेवारी बाँडफाँट गरेको छ।

बैठकको पछिल्लो निर्णयअनुसार सप्तरी र महोत्तरीका दुई प्रभावशाली व्यक्तित्वले केन्द्रीय सरकारमा महत्त्वपूर्ण कार्यभार पाएका हुन्।

निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गरिने भएको छ।

मुलुकको श्रम बजार र वैदेशिक रोजगारीका क्षेत्रमा रहेका जटिलता समाधानका लागि यादवको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

त्यस्तै, महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ।

औद्योगिक वातावरण निर्माण र आपूर्ति व्यवस्थापनमा सुधार ल्याउने मुख्य चुनौती अब नवनियुक्त मन्त्री यादवको काँधमा आएको छ। मधेस प्रदेशका दुई जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरूलाई सरकारको मुख्य मन्त्रालयमा सहभागी गराएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने दिशामा अघि बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय