काठमाडौँ | कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विकास निर्माणमा हुने कानुनी ढिलासुस्ती अन्त्य गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ।

अदालतमा मुद्दा पर्दा आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको र राज्यको खर्च अत्यधिक बढेको भन्दै मन्त्री गौतमले यो कदम चाल्नुभएको हो।

चैत २५ गते भएको निर्णयअनुसार उक्त कार्यदलले नीतिगत र कानुनी सुधारका उपायहरू खोजी १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

यस निर्णयले आयोजनाहरूमा हुने कानुनी अवरोध हटाई विकासको कामलाई गति दिने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय