नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानी गाउँमा भएको आगलागी पीडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली फडेरा, ४३ वर्षका लाल कुवार फडेरा, ४४ वर्षका पाले फडेरा, ४३ वर्षकी आशा फडेरा, २९ वर्षका बिरजन फडेरा, ४२ का धनबहादुर रावतको घर जलेर नस्ट भएको थियो

डा. शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले तलब–भत्ता नलिने निर्णय गरेका छन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था समेत मिलाउने कार्य निरन्तर गरिरहेका छन्।

शर्मा प्रतिनिधिसभाका एक मात्र सांसद हुन् जसले तलब–भत्ता नलिने निर्णय गरेका छन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था समेत मिलाउने कार्य निरन्तर गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय