काठमाडौं, संघीय संसदको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सांसदहरुले कालो पोशाक र निलो रिबन लगाएर सशक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरुले मानव तस्करी विरुद्ध आफ्नो गम्भीर ध्यानाकर्षण गराउन र यस विषयमा सरकारलाई जिम्मेवार बनाउन यो प्रतिकात्मक प्रदर्शन गरेको बताएका छन्।
रास्वपाका सांसदहरुले आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिनको माग दोहोर्याएका छन्। उनीहरुको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाएका थिए। यद्यपि, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक बहिष्कार गरेर बाहिरिएका छन।




