जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते, आइतबार बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।




