काठमाडौं, जेष्ठ २० –आज काठमाडौँमा भएको राजावादीको प्रदर्शनमा सरकारले गरेको हस्तक्षेप र प्रहरी दमनको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कडा भर्त्सना गरेका छन्। उनले प्रहरीको दमनबाट घाइते भएका सबैप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

अध्यक्ष लिङ्देनका अनुसार आजको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य माननीय दीपक सिंह लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरू रिहा भइसकेका छन्।

उनले स्पष्ट पारे अनुसार राप्रपा सैद्धान्तिक रूपमा बन्द र हडतालजस्ता जनजीवन प्रभावित पार्ने कार्यक्रमहरूको विपक्षमा रहँदै आएको छ। सरकारको दमनको प्रतिवादस्वरूप उपत्यका बन्दको प्रस्ताव आएको भए तापनि, नेता–कार्यकर्ताहरू रिहा भइसकेकाले भोलि ९जेष्ठ हुने भनिएको उपत्यका बन्दमा राप्रपाको सहभागिता नहुने जानकारी गराएका छन्।

“हामी आन्दोलनका पक्षमा छौं, तर जनतालाई सास्ती हुने खालका कार्यक्रमहरूमा हाम्रो सहमति हुँदैन,” अध्यक्ष लिङ्देनले भने, “आन्दोलनका अन्य नियमित कार्यक्रमबारे सल्लाह र निर्णयपछि राप्रपाको सक्रिय सहभागिता रहनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय