काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुदै प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।

उहाँले प्रत्येक नागरिकले सरकार आफ्ना लागि छ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट समाजमा विद्यमान विकृति हटाउन सकिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताउनुभएको छ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गर्दै उहाँले यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता, सम्मान र आत्मीयता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सबै नेपालीलाई आ–आफ्नो क्षमताअनुसार पर्व मनाउँदै आपसमा माया, सद्भाव र सम्मान साटासाट गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय