काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको जानकारी दिएको छ।
क्यानले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना तथा सञ्चालन हुने एनपीएललाई आईसीसीले औपचारिक मान्यता दिएको जनाएको हो।

क्यानका अनुसार आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
यस महत्त्वपूर्ण मान्यताका लागि क्यानले आईसीसीप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न निरन्तर सहयोग, समर्थन र सहकार्यको अपेक्षा गरेको छ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा एनपीएलको अन्तर्राष्ट्रिय पहिचान विस्तारलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय