काठमाडौं: नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आयोजना हुने भएको छ। आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा सन् २०२६ नोभेम्बर १९ देखि २१ सम्म नेपालमा सम्मेलन हुन लागेको हो।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य विस्तार तथा एसियाली क्रिकेटको भविष्यका विषयमा छलफल हुनेछ।
नेपालमा सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को तेस्रो संस्करणअन्तर्गत हुने एलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।




