परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच मेलबर्नमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन सम्बन्धलाई थप बहुआयामिक र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। भेटका क्रममा अस्ट्रेलियाली विदेशमन्त्री वङले हालै नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति सहानुभूति प्रकट गर्दै राहत तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर पहिलेको ११ मिलियनमा थप मानवीय सहयोगको घोषणा गर्नुभयो।

वार्तामा जलवायु परिवर्तनको असर विशेषगरी कोप ३१ को सन्दर्भमा हिमाली क्षेत्रको संरक्षण, पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणमा सहकार्य बढाउनेबारे छलफल भयो। साथै, अस्ट्रेलियाली विश्वविद्यालयका स्याटेलाइट क्याम्पस र प्राविधिक शिक्षा संस्था नेपालमा स्थापना गर्ने, नेपाली विद्यार्थीका भिसा नीतिलाई न्यायोचित बनाउने तथा प्रत्यक्ष वैदेशिक लगानी, नवीकरणीय ऊर्जा, पर्यटन र कृषिमा आर्थिक साझेदारी बढाउने विषयमा कुराकानी भएको छ। दुवै देशबीच जनस्तरको सम्बन्ध, व्यापार र पर्यटनलाई थप प्रवर्द्धन गर्न सिधा हवाई सम्पर्क (Direct Flight) स्थापना गर्ने र उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिने सहमति पनि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय