काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष पदबाट राजीनामा दिएकी छन्। ग्यास उद्योगीमाथि विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको हो। उनले ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र दुई उद्योग मात्रै पर्याप्त हुने धारणा राखेकी थिइन्। मुलुकमा लामो समयदेखि खाना पकाउने ग्यास अभाव छ।




