२५ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली स्पिनरसामु टिक्न सकेन। ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।

यसअघि नेपालले दीपेन्द्रसिंह ऐरीको ५१ र बसिर अहमदको ४७ रनको मद्दतमा १४७ रन बनाएको थियो। संकटमा परेको नेपाललाई दीपेन्द्र र बसिरले ९३ रनको साझेदारी गर्दै उकासेका थिए।
अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग खेल्नेछ। फाइनल जिते नेपाल एसिया कपमा छनोट हुनेछ। सेमिफाइनल जितसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपमा पनि छनोट भएको छ।



