२५ भदौ, काठमाडौं । खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंको सडकमा नै खाना पकाएर विरोध जनाएको छ।
आरआर क्याम्पस अगाडिको सडकमा उनीहरूले इँटा राखेर अस्थायी चुलो बनाए। त्यसमा दाउरा बालेर खाना पकाउनुका साथै सडकमा बसेर खाना खाँदै उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

ग्यास नपाएर उपभोक्ता समस्यामा परेको भन्दै सडकबाटै सांकेतिक रूपमा सरकारको ध्यानाकर्षण गराउन यस्तो प्रदर्शन गरिएको उनीहरूको भनाइ छ।







