काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सांसद खगेन्द्र सुनुवारको संसदीय समितिमा प्रस्तुत शैलीबारे दिएको अभिव्यक्तिप्रति आशिका तामाङले काउन्टर दिएकी छन्।

आशिका तामाङले फेसबुकमा पोस्ट गर्दै भ्रष्टाचारबारे प्रश्न गर्न पनि अनुमति चाहिने हो भन्दै प्रश्न गरेकी छन्। करोडौंको सार्वजनिक रकमको विषय उठेपछि सांसदले ‘यो के हो ? कसरी भयो ?’ भनेर प्रश्न गर्न पाउने उनको भनाइ छ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदले सार्वजनिक रकमको हिसाब माग्न नपाउने हो भने कसले माग्ने भन्दै प्रश्न गरेकी छन्। सांसदले कुन टोनमा बोले वा कुन शब्द प्रयोग गरे भन्ने बहसमा अल्झिनुभन्दा मुख्य विषय भ्रष्टाचार भएको हो कि होइन, उजुरी परेको हो कि होइन र छानबिन भयो कि भएन भन्नेमा केन्द्रित हुनुपर्ने उनले बताएकी छन्।

अमेरिका, बेलायत र जर्मनीलगायतका संसदमा सांसदहरूले निर्भीक रूपमा आवाज उठाउने गरेको उदाहरण दिँदै आशिकाले नेपालमा अलि ठूलो स्वरमा बोल्नेबित्तिकै ‘सोमत नभएको सांसद’ भन्नु गलत भएको बताएकी छन्।

आशिका तामाङको फेसबुक पोस्ट

भ्रष्टाचारको विषयमा प्रश्न गर्न पनि permission चाहिने हो ?? माननीय खगेन्द्र सुनुवारज्यूले संसदीय समितिमा करोडौंको भ्रष्टाचारको विषय उठेपछि यो के हो ? कसरी भयो ? भनेर प्रश्न गर्नुभएको हो That’s it ! लोकतन्त्रमा Question गर्न पाइन्छ, जवाफ माग्न पाइन्छ, छानबिनको माग गर्न पाइन्छ ! झन् जनताबाट direct elected सांसदले करोडौंको public money को हिसाब सोध्न नपाउने हो भने कसले सोध्ने ?? भ्रष्टाचारको विषयमा “ज्यू ज्यू” लगाएर मात्रै प्रश्न गर्नुपर्ने हो ??
उहाँले कुन tone मा बोल्नुभयो, कुन शब्द प्रयोग गर्नुभयो भनेर debate अर्कोतिर नलैजानुस् ! Main issue भ्रष्टाचार हो ! करोडौंको भ्रष्टाचार भएको हो कि होइन ?? उजुरी परेको हो कि होइन ?? छानबिन भयो कि भएन ?? Just answer the question ! Question गर्ने सांसदको भाषा खोज्ने होइन, करोडौंको हिसाब खोज्ने हो !! चर्काचर्की कुन संसदीय बैठक मा हुँदैन , हामी ले अरु देशको संसदीय अभ्यास नदेखेको हो र? अमेरिका, जर्मनी, बेलायत लगायत देशहरु संसदहरूले निर्भिक बुलन्द भएर आवाज उठाउने गर्छन् , हाम्रो देशमा चाहिँ अलि ठूलो स्वरले बोल्ने बित्तिकै सोमत नभएको सांसद रे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय