काठमाडौँ — नेपाली एकदिवसीय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले पछिल्ला प्रदर्शनलाई लिएर भइरहेका आलोचनाको जवाफ मैदानबाटै दिने बताएका छन्। एसीसी प्रिमियर कपका लागि प्रस्थान गर्नुअघि आयोजित बिदाइ कार्यक्रममा बोल्दै उनले सबै खेलाडी, प्रशिक्षक र क्यानसँग समन्वय गरेर टोलीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेदरल्यान्ड्स सिरिजको हारपछि गल्तीहरू समीक्षा गर्ने मौका मिलेको बताउँदै उनले निवर्तमान कप्तान रोहित पौडेलले छाडेको राम्रो ‘लिगेसी’लाई अझ माथि लैजाने आफ्नो मुख्य जिम्मेवारी रहेको उल्लेख गरे। टोलीका साथीहरूले परिवर्तनलाई सकारात्मक रूपमा स्वीकारेको भन्दै उनले अब नयाँ रणनीतिका साथ मैदान उत्रिने स्पष्ट पारे।

नेपाली टोली मलेसिया जानुअघि १० दिनको विशेष प्रशिक्षणका लागि भारतको बैंगलोर प्रस्थान गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय