काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा आयोजित पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट गठित समितिप्रति असहमति जनाउँदै देउवा र डा. शेखर कोइराला पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी भेलालाई कांग्रेसभित्रको आन्तरिक शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।




