२८ साउन, रोल्पा । रोल्पामा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । २ जना घाइतेको उद्धार गरिएको छ ।
थबाङ गाउँपालिका–५ बोटलबारामा बुधबार राति घरमाथिबाट पहिरो खस्दा ६ घरगोठ पुरिएका हुन् । मृत्यु हुनेमा ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर र ७१ वर्षीया मनरखी पुनमगर छन् ।

घाइते हिमाल पुनमगर र संजय घर्तीमगरको उद्धार गरी उपचारका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ ।



