२६ साउन, काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका तीन जना र सिरहाका एक जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

निर्णयअनुसार सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहा घटनामा मृत्यु भएका गणेश यादवलाई शहीद घोषणा गरिएको हो।

सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूलाई शहीदको मान्यता दिने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय