काठमाडौं । मिस युनिभर्स नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित ‘स्यास सेरेमनी’ सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी प्रतियोगीहरूले पहिलो पटक आधिकारिक रूपमा आफ्नो ‘स्यास’ ग्रहण गरेका थिए। आयोजकका अनुसार उक्त समारोहले प्रतियोगिताको औपचारिक सुरुवातसँगै सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतियोगिताप्रतिको प्रतिबद्धता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

‘स्यास सेरेमनी’पछि प्रतियोगीहरू विभिन्न प्रशिक्षण, चुनौतीपूर्ण चरण तथा सामाजिक गतिविधिमा सहभागी हुनेछन्। ती चरण पार गर्दै उनीहरू ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।

मिस युनिभर्स नेपाल प्रतियोगिता नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित हरेक वर्ष आयोजना हुँदै आएको छ। प्रतियोगिताले नेपाली युवतीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र सामाजिक योगदानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अवसर प्रदान गर्दै आएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय