काठमाडौं । सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा बोलबम यात्राका क्रममा भएको हिंसात्मक घटनापछि राजधानीको माइतीघर मण्डलामा हिन्दुवादी संगठनहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

सुनसरीमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद चर्किँदा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेपछि गोली चलेको घटनामा एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मी र सर्वसाधारणसहित दुई दर्जनभन्दा बढी घाइते भएका थिए। त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो र नेपाली सेनासमेत परिचालन गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय