काठमाडौँ – चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक (इमर्जेन्सी) सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। संघले दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनका थप कार्यक्रमसमेत सार्वजनिक गर्ने जनाएको छ।

संघका अनुसार गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड गरिएको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै विरोधस्वरूप ओपीडीसहित नियमित सेवा स्थगित गरिएको हो।

नेपाल चिकित्सक संघले घटनाका दोषीमाथि कारबाहीको माग गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका आफ्ना पदाधिकारी तथा चिकित्सकहरूमाथि समेत प्रहरीले दुर्व्यवहार र अभद्र व्यवहार गरेको आरोप लगाएको छ। संघले यस्ता गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय