काठमाडौं: अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न आवेदन आह्वान गरेको छ। मन्त्रालयले गठन गरेको सिफारिस समितिले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो।
पदका लागि आवश्यक योग्यता, मापदण्ड र आवेदन प्रक्रियासम्बन्धी विस्तृत जानकारी प्रकाशित सूचनामा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ।




