१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको ५ मिनेटमै बाहिरिएको घटनामा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ।

शिक्षा मन्त्री सस्मित पोखरेलले आइजिपी दानबहादुर कार्कीसँग छलफल गरेका छन् भने प्रहरीले घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। प्रश्नपत्र ‘एमबिएस फर्स्ट सेम सेक्शन सी’ नामको ह्वाट्सएप समूहमार्फत बाहिरिएको आरोपले परीक्षा प्रणालीको गोपनीयता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय