रौतहट- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटमा दुर्व्यवहार भएको छ। रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पौडेलमाथि गढीमाई नगरपालिका–७ पर्सामा बिहीबार राति एक समूहले उनीमाथि पर्चा फ्याँकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रहरीका अनुसार पर्चामा ूमधेस मुक्ति अभियान जिन्दावादू र नेपाल उपनिवेश अन्त्य गरू जस्ता विखण्डनकारी र आपत्तिजनक नाराहरू लेखिएका छन्। अशान्ति फैलाउने र विखण्डनकारी अभिव्यक्ति दिने उद्देश्यले यो हर्कत गरिएको प्रारम्भिक अनुमान छ। पर्चा फ्याँक्ने बित्तिकै ती युवाहरूको समूह फरार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय