सिरहा — सिरहा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना गराएको छ।
लहान–१६ को तारेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाने क्रममा गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो खिचाएपछि उनी विवादमा परेका थिए। सो दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि “जनप्रतिनिधिलाई नियम नलग्ने?” भन्दै चौतर्फी आलोचना भएको थियो।

जनदबाबपछि ट्राफिक प्रहरीले नियम उल्लङ्घनको कसुरमा उनलाई रु. ५०० को चित्त बुझाउने चिट काटेको हो। यता सांसद गुप्ताले पनि बाल्यकालको सम्झनामा रमाइलो गर्दा अज्ञानतावश गल्ती भएको भन्दै सार्वजनिक रूपमा क्षमा मागेका छन्।




