काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि स्वकीय सचिव (पीए) नियुक्तिमा कडा मापदण्ड ल्याएको छ।  अब रास्वपाका कुनै पनि सांसदले आफ्ना नातेदार वा नजिकका आफन्तलाई स्वकीय सचिव राख्न पाउने छैनन्।

राज्यको स्रोत–साधनको दुरुपयोग रोक्न र ‘स्वार्थको द्वन्द्व’ हुन नदिन पार्टीले खुला प्रतिस्पर्धाका आधारमा मात्र सचिवालय सदस्य छान्न पाइने व्यवस्था गरेको हो। विगतमा नेताहरूले आफ्नै परिवारका सदस्यलाई पीए राखेर सरकारी सेवा-सुविधा खुवाउने परिपाटीको आलोचना हुँदै आएकाले रास्वपाले यो कदम चालेको हो।

अब योग्यता, क्षमता र खुला आवेदनका आधारमा मात्र सांसदका स्वकीय सचिव नियुक्त हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय