सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि विवादमा परेका छन्।
गुडिरहेको बाइकमा उभिएर भिडियो बनाएपछि सांसद गुप्ताको उक्त दृष्य भाइरल भएको छ । सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा माफी माग्दै भनेका छन् बाल्यकालको सम्झना पुनरावृत्ति गर्ने क्रममा नजानीकनै गल्ती भयो। कानुन मिच्ने नियत थिएन, क्षमाप्रार्थी छु।





