काठमाडौँ:  बैठक ६ दिनपछि बस्ने गरी स्थगित गरिएको छ।

शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेको जानकारी दिए।

सरकारले चालू अधिवेशन सुरु हुनु अघि आठ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश गरिएको थियो।

शुक्रबार प्रतिनिधिसभाबाट स्वीकृत भएका अध्यादेशहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्।

यससँगै यी चार अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा अघि बढ्ने बाटो खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय