काठमाडौं: काठमाडौंमा आज बसेको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
उनले यही समयसीमामा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै अब मिति सार्ने वा ढिलाइ गर्ने अवस्था स्वीकार्य नहुने बताएका छन्।

लिङ्देनले विभिन्न समूहगत मतभेदलाई ध्यानमा राख्दै महाधिवेशन प्रक्रिया अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा पनि राखेका थिए।
पार्टीभित्रको संगठनात्मक तयारीलाई समयमै निष्कर्षमा पुर्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।




