काठमाडौं:  विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफूलाई देशप्रतिको प्रेमले सांसद र मन्त्री बनाएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले आफ्नो राजनीतिक यात्रालाई रोचक शैलीमा व्याख्या गरेका हुन्।

उनका अनुसार सुरुवातमा गाउँप्रतिको लगावबाट काम सुरु भएको थियो, जुन विस्तारै जिल्ला हुँदै देशसम्म फैलिँदै गएको हो।

“गाउँसँग पिरती बस्यो, जिल्लासम्म पुग्यो, अन्ततः देशसँग पिरती बस्यो,” उनले भने।

मन्त्री पुनले देशसँगको गहिरो सम्बन्धकै कारण आफू अहिले सांसद र मन्त्रीको भूमिकामा पुगेको बताए।

उनले यस क्रममा आफूलाई व्यवहारिक रूपमा ‘जोगी’ जस्तै अनुभूति हुने पनि टिप्पणी गरे।

उनले पुरानो गीतको सन्दर्भ दिँदै “पिरतीले जोगी बनायो” भन्ने भावनासँग आफ्नो अनुभव मिल्ने बताए। राजनीतिक पदभन्दा पनि देशप्रतिको समर्पण नै आफ्नो मूल प्रेरणा भएको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय