काठमाडौं: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले मन्त्रालयलाई यस वर्ष विनियोजन गरिएको बजेट आवश्यकताभन्दा बढी भएको बताएका छन्।

पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत नवप्रवर्तन क्षेत्रमा छुट्याउनुपर्ने माग गर्दै आएका मन्त्री पुनले अहिलेको बजेट कार्यान्वयनका दृष्टिले चुनौतीपूर्ण रहेको बताए।

उनका अनुसार मन्त्रालयका लागि आवश्यक कानुनी संरचना अझै पूर्ण रूपमा तयार भइसकेको छैन भने करिब साढे ३ अर्ब रुपैयाँ बजेट ‘अबन्डा’ अवस्थामा रहेको छ, जसलाई तत्काल कार्यक्रम बनाएर खर्च गर्न कठिनाइ हुने देखिएको छ।

मन्त्री पुनले यस वर्षको मुख्य ध्यान बजेट खर्चभन्दा पनि कानुन निर्माणमा केन्द्रित हुने बताए।

उनले मन्त्रालयसँग सम्बन्धित करिब आठ वटा नयाँ ऐन तयार गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनले नवप्रवर्तन र प्रविधि विकासलाई संस्थागत गर्न कानुनी आधार मजबुत बनाउनुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय