काठमाडौं: आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने भएका छन्।

प्रधानमन्त्री बालेन शाह को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संसद्मा जवाफ दिने कार्यसूची तय भएको हो।

प्रधानमन्त्रीले सम्हालेका मन्त्रालय तथा संवैधानिक निकायहरू—प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिनेछन्।

रक्षा मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने भएका छन्।

यसअघि प्रधानमन्त्रीले आफैं जवाफ दिने तयारी भए पनि कार्यसूची परिवर्तन भएपछि अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको हो।

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको पनि छुट्टै जवाफ दिने कार्यक्रम छ।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले संसद्मा सहभागिता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय